७ जेठ,काठमाडौं । काठमाडौं सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ पुगेको छ।
मंगलबार सुन तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो। सुन एक दिनमै ५ हजार महँगो भएको हो। यसैबीच आज चाँदीको मूल्य पनि केही बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

















