Logo

७ जेठ, काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई कार्यभार सम्हालेको ७ महिनामै हटाइएको छ ।

भट्टराईलाई मन्त्रालयमा बोलाइएको र उनको स्थानमा विष्णु प्रसाद कोइरालालाई पठाइएको हो । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा गडबडीको गुनासो आएपछि भट्टराईसहित ८ सुब्बालाई मन्त्रालय तानेका हुन् । गत असोज २१ मन्त्री लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै त्यहाँ पठाएका भट्टराईलाई हिजो साँझ तानिएको हो ।

गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालले भट्टराईलाई मन्त्रालयमा तानिएको पुष्टि गरेका छन् । भट्टराईको स्थानमा अहिले पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइराला पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।


सम्बन्धित समाचार