७ जेठ, काठमाडौं । आज सेयरबजारमा उछाल देखिएको छ ।
नेप्से परिसूचक खुलेको ४ मिनेटमै ८३ अंकले बढेको हो । नेपाल राष्ट्र बैंकको गभर्नर विश्वनाथ पौडेल नियुक्त भएपछिको पहिलो दिन आज सेयरबजारमा उछाल आएको हो । यो खबर तयार पार्दासम्म नेप्से २७६१ अंकमा छ भने कारोबार पनि ४ मिनेटमा ७३ करोडको भएको छ । कारोबार थोरै भए पनि लगानीकर्ताले पौडेल गभर्नरमा आउँदा बजार बढ्ने आकलनसहित सेयर माग बढाउँदा त्यसले सूचकमा उछाल आएको हो ।
सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई हिजो मात्र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन् ।















