७ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ गण हेडक्वार्टर पिलुवा बाराले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। गणको पिलुवास्थित परिसरमा आयोजित कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्।
रक्तदान गर्नेहरूमा राजेश मल्ल, संजय तामाङ, विजय क्षेत्री, मनोज नगरकोटी, नवराज नेपाली लगायतका सुरक्षाकर्मीहरू सहभागी थिए। यस मानवीय कार्यमा रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिकहरूले प्राविधिक सहयोग उपलब्ध गराएका थिए।
गणले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान जस्तो परोपकारी कार्यक्रमको आयोजना गरी सामाजिक उत्तरदायित्व बहन गरेको छ। यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै रगतको अभावलाई केही हदसम्म पूर्ति गर्न सहयोग पुगेको छ।















