Logo

७ जेठ, वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको पहिलो नौ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै उत्साहजनक कार्यसम्पादन देखाएको छ। यस अवधिमा कार्यालयले कुल रु ६ अर्ब ६५ करोड ७९ लाख

८ हजार राजस्व संकलन गरेको छ, जुन आन्तरिक राजस्व विभागले तोकेको रु ६ अर्ब १३ करोड ९५ लाख ६९ हजारको लक्ष्यभन्दा १०८।४४ प्रतिशत बढी हो। कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाईंले चालू आर्थिक वर्षको राजस्व संकलन निकै उत्साहजनक रहेको बताउनुभयो।

राजस्व संकलनको विस्तृत विवरण कार्यालयले विभिन्न शीर्षकहरूमा गरेको राजस्व संकलन अनुसार अन्तःशुल्क करस् यस क्षेत्रमा कार्यालयले लक्ष्यभन्दा निकै बढी, अर्थात् १३८.९४ प्रतिशत राजस्व संकलन गरेको छ। रु २ अर्ब १६ करोड ६१ लाखको लक्ष्य रहेकोमा रु ३ अर्ब ९६ लाख २४ हजार संकलन भएको छ।

आयकरतर्फ पनि कार्यालयले करिब शतप्रतिशत, अर्थात् ९९.१७ प्रतिशत राजस्व संकलन गरेको छ। २ अर्ब १३ करोड २५ लाखको लक्ष्य रहेकोमा रु २ अर्ब ११ करोड ४७ लाख ५७ हजार संकलन भएको छ। त्यस्तै बहाल करतर्फ रु २२ करोड ९१ लाख ४ हजार संकलन भएको छ।

ब्याज कर शीर्षकमा ४५ करोड ५७ लाख राजस्व संकलन भएको छ। मूल्य अभिवृद्धि करतर्फ भने लक्ष्यभन्दा कम, अर्थात् ८३.५ प्रतिशत मात्रै राजस्व संकलन भएको छ। १ अर्ब ७५ करोड ३३ लाख ६७ हजारको लक्ष्य रहेकोमा रु १ अर्ब ४३ करोड ३९ लाख ९४ हजार संकलन भएको छ।

आन्तरिक राजस्व विभागले वीरगञ्ज कार्यालयलाई चालू आर्थिक वर्षभरिमा कुल रु ८ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। नौ महिनाको प्रगति हेर्दा कार्यालयले वर्षान्तको लक्ष्य पनि सजिलै हासिल गर्ने सम्भावना देखिएको छ।


सम्बन्धित समाचार