७ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल लमजुङको शनिबार भएको अधिवेशनमा उत्पन्न विवादपछि खुकुरी प्रहार गर्ने ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
घाइतेका परिवारले दिएको जाहेरी दर्ताको आधारमा घटना भएको ४ दिनपछि ४ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पीडितले जाहेरी दर्ता नगरेको भन्दै चौतर्फी दबाब भएपछि जाहेरी दर्ता भएर जिल्ला अदालत लमजुङबाट खुकुरी प्रहार गर्ने मध्य नेपाल नगरपालिका–७ का ३८ वर्षीय धनसुब्बा तामाङ (धन), राइनास नगरपालिका–६ का ४० वर्षीय गणेश गुरुङ, मस्र्याङ्दी गाउँपालिका–५ का ४२ वर्षीय कुमराशी गुरुङ (भूपेश), दोर्दी गाउँपालिका वडा नम्बर ४ बस्ने होमराजघले विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।















