७ जेठ,काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन्।
मंगलबार गभर्नरमा नियुक्त भएका उनले बुधबार बिहान पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै आजै पदभार ग्रहण गरेका हुन् । बालुवाटारस्थित बैंकको कार्यालयमा पदभार ग्रहण गर्दै उनले आर्थिक स्थायित्व, मौद्रिक नीतिको सुदृढ कार्यान्वयन र वित्तीय अनुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।
पदभार ग्रहणपछि उनले पहिलो निर्णयका रूपमा पचास र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको थियो ।















