७ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको गेटबाट थुनुवा फरार भएका छन् ।
आज प्रहरी वृत्त स्वयम्भुबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका थुनुवा भागेका हुन् । फरार हुनेमा २४ वर्षीय निशान परियार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।















