Logo

७ जेठ, काठमाडौं । माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले बोल्न नपाएपछि माइक प्रहार गरेकी छिन् ।

उनले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक प्रहार गरेकी हुन् । आज समितिको कार्यकक्षमा बैठक जारी रहँदा नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँले सभापति साहमाथि माइक र नेम प्लेट प्रहार गरेकी हुन् । सभापति साहका अनुसार समिति बैठकमा कुसारी ढिला पुगेकी थिइन् । ढिलो गरी बैठक कक्षमा पुगेकी उनले बोल्न थालेपछि सभापति साहले रोक्न खोजेपछि विवाद भएको थियो । आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक भएका अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहको अनुगमनको विषयमा छलफल भएको थियो ।

विवादकै बीच कुसारीले सभापति साह सधैँ आफैँ संयोजक बनेर अनुगमनमा जाने, आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने गरेको र अनुगमनमा जाँदा खाली बिल स्वीकृत गराउने गरेको आरोप समेत लगाएकी छन् ।
सांसद कुसारीले पनि आफूले माइक र नेमप्लेटले हानेको स्वीकार गरेकी छिन् । उनले आफूलाई सभामुख देवराज घिमिरेले छलफलका लागि बोलाएको पनि बताइन् ।


सम्बन्धित समाचार