Logo

७ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२, टेढा गाउँमा चट्याङ लागेर एक १५ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवशंकर माझी रहेका छन्, जो सोही गाउँका भगन माझीका छोरा हुन्।

प्रहरीका अनुसार, बुधबार बिहान करिब ४ बजे शिवशंकर आफ्नै घरमा सुतिरहेका बेला अचानक चट्याङ परेको थियो। चट्याङ लागेपछि उनलाई सास फेर्न गाह्रो भयो र उनी घरबाट निस्किए। घरबाट १४÷१५ कदम हिँडेपछि उनी लडेर बेहोस भएका थिए।

घटनास्थलमा आएका गाउँका स्वास्थ्यकर्मीले शिवशंकरलाई जाँच गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले शिवशंकरको शव पोस्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा राखिएको जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार