Logo

७ जेठ, वीरगञ्ज । पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले युवाहरुलाई विभिन्न खाले स्क्यामहरुबाट टाढै रहन सुझाव दिभएका छन् । वीरगन्ज पब्लिक कलेजले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुको लागि आयोजना गरिएको नयाँ यात्राको शुभारम्भ कार्यक्रममा प्रहरी उपरीक्षक गौतमले यस्तो बताएका हुन् ।

उनले कक्षा १२ पढ्दै गरेका युवाहरु साथी संगतमा परेर भविष्य बिगार्न सक्ने अवस्था रहेकोले त्यसबाट बच्नका लागि सही बाटोमा हिड्नुपर्ने बताए । उनले वीरगन्ज पब्लिक कलेज शिक्षा क्षेत्रमा एउटा स्थापित शैक्षिक संस्थाको रुपमा पहिचान बनाएकोले त्यसमा अध्ययन गर्ने विद्यार्थीहरुको पनि छुट्टै छवि रहेको बताउदै त्योसँगै आफ्नो भविष्यलाई पनि अझ उचाईमा पु¥याउन अनुशासित र लगनशील हुनुपर्ने बताए ।

वीरगन्ज पब्लिक कलेजका पूर्व कार्यकारी निर्देशक प्राध्यापक डा.दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) पर्साका अध्यक्ष सरोज चौधरी, कलेजका प्रोफेसर डा.विनय ठाकुर, पत्रकार राम, सर्राफ, नीरज पिठाकोटे मगर लगायतले शुभकामना मन्तव्य राख्दै विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गरेका थिए ।

कार्यक्रममा कलेजका सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठ, आदर्श माविका प्रधानाध्यापक हरि तुलाधार, प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादव, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ता लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कलेजमा कक्षा १२ का विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती सहितको मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

 


सम्बन्धित समाचार