Logo

८ जेठ, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ ।

अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेकोे हो । जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुन १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । बुधवार पनि छापावाला सुन अघिल्लो दिनको तुलनामा ५ हजार रुपैयाँले थियो ।

चाँदीको मूल्य पनि आज बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर २ हजार २५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै