प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

८ जेठ,काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका छन् ।

मन्त्री यादवले मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई फूल, माला र खादा लगाएर बिदाइ गर्नुका साथै धार्मिक आस्था र मानवताको प्रेरणादायी सन्देश लिएर फर्किन शुभकामना दिए ।

मुस्लिम धर्मावलम्बीको आस्था र भरोसाको रूपमा चिनिने साउदी अरबको मक्का र मदिनामा वर्षैपिच्छे हजका लागि लाखौं हज यात्रीहरू जाने गर्छन् । यस वर्ष सन् २०२५ को हजका लागि नेपालबाट एक हजार १ सय ७१ जना जाने जनाइएको छ । पहिलो चरणमा यही जेठ ३ गते ५५ जना नेपाली हज यात्रु साउदी अरेबिया प्रस्थान गरिसकेका छन् ।

देशभरका मुस्लिम नेपालीहरूलाई जिल्लास्तरीय हज कमिटीले मक्का जानेहरूलाई सिफारिस गरेपछि केन्द्रीय हज कमिटीले कोटाअनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था रहेको छ । मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नुलाई जीवनको ठूलो उपलब्धिका रूपमा लिने गरिन्छ । विश्वभरका मुस्लिमहरू आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्छन् ।

साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा विशेष दिन पारेर हज गर्ने गरिन्छ । हजका लागि विश्वभरबाट मुस्लिमहरू मक्का पुग्ने गर्दछन् ।


सम्बन्धित समाचार
भर्खरै