८ जेठ,वीरगञ्ज । मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले आफ्ना मन्त्रीहरू फेरबदल गर्ने तयारी गरेको छ । सरकारमा सहभागी भएको लगभग एक वर्ष पुग्न लागेपछि जनमत पार्टीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई जिम्मेवारी दिने भएको हो ।
जनमत पार्टी सचिवालयका अनुसार, प्रदेश सरकारमा सहभागी वन मन्त्री त्रिभुवन साह र उद्योग मन्त्री सकिल अलीलाई फिर्ता बोलाइने तयारी गरिएको छ । पार्टी कार्यालय स्रोतका अनुसार, यी मन्त्रालयहरूमा जनमत पार्टीका तर्फबाट बसन्त कुशवाहा र सन्जय यादवलाई पठाउने लगभग पक्का भएको छ ।
कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे आज साँझसम्म टुङ्गो लगाएर शुक्रबार शपथग्रहण गराउने तयारी गरिएको जनमत पार्टी स्रोतले जनाएको छ ।














