Logo

८ जेठ,सेढवा । ’प्राकृतिक सन्तुलन र दिगो विकास’ को नाराका साथ आज जैविक विविधता दिवसको अवसरमा गादीमाई साझेदारी वन उपभोक्ता समूहले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

गादीमाई साझेदारी वन उपभोक्ता समूहको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सतिसाल, साल, सगुवान, सिमल, अमला लगायत विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको थियो।

कार्यक्रम समूहका अध्यक्ष सहरुम राउत गद्दीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम गादीमाई साझेदारी वन उपभोक्ता समूहका पदाधिकारी, स्थानीय बासिन्दा, जनप्रतिनिधि र भद्रभलादमीहरूको सहभागिता रहेको थियो।


सम्बन्धित समाचार
भर्खरै