Logo

९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ जारी रहने भएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा गत मङ्गलबारदेखि सुनुवाइ भइरहेको छ।

बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए भने त्यसपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए। सरकारी वकिलको तर्फबाट गोविन्द खनाल र लोकराज पराजुलीलगायतले बहस गरेका छन्। सरकारी वकिलको बहस सकिएकाले आज पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् र त्यसपछि जवाफी बहस सुरु हुनेछ।

अधिवक्ता प्रमोद न्यौपानेका अनुसार बन्दी प्रत्यक्षीकरणको रिटमा आज अन्तिम आदेश आउने सम्भावना छ। उनले भने, “नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ। आजसम्म प्रतिवादीका कानुन व्यवसायीहरुले बहस गरे भने अब जाहेरवालाका तर्फबाट बहस गर्न बाँकी छ र प्रतिउत्तर जवाफ दिएपछि सम्भवतः आज बन्दी प्रत्यक्षीकरणको रिट र ७३ नम्बरको निवेदनको संयुक्त रुपमा सुनुवाइ भएकाले आदेश आउने सम्भावना छ।”


सम्बन्धित समाचार
भर्खरै