प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

९ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको सामान्य गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बिहीबारको तुलनामा आज (शुक्रबार) एक तोला सुनको मूल्य रु एक हजार १०० ले घटेको छ। चाँदीको मूल्यमा पनि तोलामा रु २० ले कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ९० हजार ४०० कायम भएको छ। त्यसैगरी, चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको छ।


सम्बन्धित समाचार
भर्खरै