Logo

९ जेठ, काठमाडौ. । नेपालमा सर्पदंशबाट वर्षेनी तीन हजार भन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।

सर्पदंशबाट वर्षेनि तीन हजार जनाभन्दा धेरैले ज्यान गुमाउने गरेको चिकित्सकहरुले बताएका छन् । सर्पदंश रोकथाम अभियानमा लामो समयदेखि काम गर्दै आएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.सञ्जिवकुमार शर्माका अनुसार नेपालमा वर्षनि ४० हजारभन्दा धेरै सर्पदंशको सिकार हुने गरेका छन् । त्यसमध्ये करिब ८० प्रतिशतले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ । सङ्ख्यात्मकरुपमा तीन हजार भन्दा धेरै मानिसले ज्यान गुमाउने गरेको पाइएको छ ।

सर्पदंशबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्छ । सर्पले टोकिहालेमा तुरुन्त अस्पताल गएर उपचार गराउनुपर्छ । समयमा उपचार नपाउँदा सर्पको टोकाइबाट धेरैले ज्यान गुमाउनुपर्ने बाध्यता छ । तर, बेलामा उपचार पाएको खण्डमा ज्यान जोगाउन सकिने डा.शर्माले बताउनुभयो ।

नेपालमा गोमन र करेत सर्पले सबैभन्दा बढी डस्ने गरेको छ । जनस्वास्थ्य समस्याका रुपमा रहेको सर्पदंश नेपालको तराई÷मधेश क्षेत्रमा बसोबास गर्ने अतिविपन्न वर्गमा उच्च जोखिम छ ।

विपन्न वर्गका साथै जहाँ स्वास्थ्य सेवाको पहुँच कम छ भने सरसफाइको कमी छ । त्यस्तो ठाउँमा बढी सर्पदंशका घटना हुने गरेका डा.प्रकाश शाक्यले बताउनुभयो । पछिल्लो समय तराईको जिल्लाहरुमा मात्रै नभई पहाडी तथा हिमाली जिल्लाहरुमा समेत सर्पदंशबाट वर्षेनी मानिसले ज्यान गुमाउँदै आएका छन् ।


सम्बन्धित समाचार
भर्खरै