Logo

९ जेठ,सेढवा । जिराभवानी गाउँपालिका वडा नम्बर १ मा आज वडा स्तरीय सरसफाइ तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। जिराभवानी मन्दिर परिसरमा आयोजित यो कार्यक्रम वडा नम्बर १ को आयोजना र सशस्त्र प्रहरी बल बीओपी महादेवपटिको सहजीकरणमा सम्पन्न भएको हो।

कार्यक्रममा जिराभवानी मन्दिरको सरसफाइ गरिनुका साथै उपस्थित विद्यार्थीहरूलाई जनचेतनामूलक प्रशिक्षण पनि दिइएको थियो।
सरसफाइ अभियानमा श्री नेरामावि सेढवा, श्री नेरामावि कठकुइया बसन्तपुर पकडी टोलका विद्यार्थीहरूका साथै सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट महादेवपटिका सशस्त्र प्रहरी निरीक्षक नरेश सुवाल बाटाको नेतृत्वमा रहेको टोली र इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक कृष्ण साहको प्रहरी टोलीले सहयोग गरेको थियो।

कार्यक्रममा जिराभवानी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामशरण ख्वास, नेरामावि सेढवाका प्रधानाध्यापक खेमराज महतो, नेरामावि कठकुइया बसन्तपुर पकडी टोलका प्रधानाध्यापक कृपा सिन्धु पटवारी, सशस्त्र प्रहरी निरीक्षक नरेश सुवाल बाटा लगायत स्थानीय समाजसेवी तथा भद्रभलादमीहरूको सहभागिता रहेको थियो।


सम्बन्धित समाचार
भर्खरै