९ जेठ, काठमाडौं । यो साता सेयर बजार ७७ अंकले बढेको छ ।
गत साता २६११ अंकमा बन्द भएको सेयर बजार यो साता २६८८ अंकमा पुगेर बन्द भएको छ । नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति चर्चा र नियुक्तिपछि लगानीकर्तामा सकारात्मक भाव बढ्दा बजारले लय लिएको छ । साताको पहिलो दिन आइतबार २ दशमलव ७९ अंक घटेको बजार सोमबार १९ दशमलव ३० र मंगलबार ४९ दशमलव ०९ अंक बढ्यो । बुधबार फेरि ७ दशमलव ९४ अंक घटेको बजार बिहीबार १९ दशमलव ०४ अंकले बढेको थियो । बजार बढे पनि कारोबार रकममा भने त्यति ठूलो अन्तर छैन ।
आइतबार ८ अर्ब ५० करोड, सोमबार ७ अर्ब ३५ करोड, मंगलबार ७ अर्ब ३१ करोड, बुधबार १० अर्ब ६९ करोड र बिहीबार ९ अर्ब ८२ करोडको कारोबार भएको थियो ।















