१० जेठ,वीरगञ्ज । नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ, वीरगञ्ज शाखा र एशोसिएसन अफ भेटेरिनरी प्रक्टिसनर पर्सा को संयुक्त आयोजनामा नेपाल भेटेरिनरी एशोसिएसन , मधेश प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ।
एभिपी पर्साका अध्यक्ष कमलेश गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा. राकेश मोहन सिंह (प्रमुख, पशु क्वारेन्टिन कार्यालय, वीरगञ्ज), विशिष्ठ अतिथि डा. हरेराम यादव (प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बारा), विशेष अतिथि डा. अजित झा, (वरिष्ठ वैज्ञानिक, NARC परवानीपुर, बारा), विरगंज भेट फर्माका संचालक श्री अमन गुरुवाचार्य, लक्ष्मी भेटेरिनरीका संचालक श्री नारायण गुरुङ, AVP का संथापक अध्यक्ष श्री बैजुलाल गुप्ता, डा. पुष्पेन्द्र शाह (पूर्व सचिव, NVA मधेश प्रदेश), डा. हेमचन्द्र जैसबार (अधिकृत, पीएमपि, बारा), डा. कमरुल्लाह अन्सारी (वरिष्ठ पशु चिकित्सक), र डा. भरत शाह (अधिकृत, क्वारेन्टिन कार्यालय, वीरगञ्ज) लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तब्य NVMA विरगंज शाखाका अध्यक्ष श्री अनिल कुमार पटेलले दिनुभएको थियो। बारा–पर्साका सम्पूर्ण भेटेरिनरी चिकित्सकहरू, पशु प्राविधिक तथा NVMA Birgunj शाखाका सदस्यहरूको उपस्थिति रहेको यस कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई आगामी कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रममा भेटेरिनरी समुदायबीचको एकता, सहकार्य र समर्पणको भावना अझ बलियो बनाउने प्रेरणा मिलेको महसुस गरिएको सहभागीहरूले बताए ।















