Logo

सपरिवार सहित नारायणहिटी दरवार परिसरमा पूर्व राजा ज्ञानेन्द्र शाह तस्वीर : स्रोत नेपाल खवर

१० जेठ, काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार नारायणहिटी दरबार पुगेका छन्। उनी आफ्ना नाति हृदयेन्द्र शाहलाई लिएर दरबार पुगेका हुन्।

पूर्व राजाको संवाद सचिवालयका अनुसार नाति हृदयेन्द्रले आफ्नी हजुरआमा रत्नराज्यलक्ष्मी देवीलाई भेट्ने इच्छा व्यक्त गरेपछि उनी नारायणहिटी पुगेका हुन्।

ज्ञानेन्द्र शाह सपरिवार नारायणहिटी पुगेका थिए। उनीसँगै डा. जगमान गुरुङ पनि साथमा थिए। यही जेठ १५ गते देखि राजावादीहरुले राजा फर्काउने अभियान सहित आन्दोलनको घोषणा गरेको सन्दर्भमा पूर्व राजा ज्ञानेन्द्र शाहको नारायणहिटी प्रवेशले आन्दोलनकारीलाई सन्देश दिन खोजिएको हुन सक्ने आकलन गरिएको छ ।

राजतन्त्र अन्त्य भएको २०६३ साल यता पूर्वराजा ज्ञानेन्द्र पहिलोपटक सार्वजनिक रूपमा नारायणहिटी दरबार पुगेका हुन्। दरबार संग्रहालयका रूपमा सञ्चालनमा आएपछि उनी त्यहाँ कहिल्यै गएका थिएनन्।

पूर्वराजा शाहको यो भ्रमणलाई धेरैले व्यक्तिगत र पारिवारिक भावनासँग जोडेर हेरेका छन्, तर यसले सार्वजनिक चासोसमेत आकर्षित गरेको छ। दरबारमा उनीहरूको बसाइ कति समयको थियो भन्नेबारे विवरण सार्वजनिक गरिएको छैन।


सम्बन्धित समाचार