Logo

११ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले २१ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको भन्दै तुरुन्त सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ।

आफूखुसी ड्युटीमा गैरहाजिर भई कार्यालयको सम्पर्कमा नआएको र खोजतलास गर्दा पनि फेला नपरेपछि प्रहरी नियमावली, २०७१ अनुसार प्रक्रिया पूरा गरी सूचना प्रकाशित गरिएको कानुन शाखाले जनाएको छ।

सूचनामा कर्मचारीलाई म्यादको बाटो बाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आग्रह गरिएको छ।

तोकिएको समयमा हाजिर नभएमा प्रहरी नियमावलीको नियम ११३ को उपनियम (१) को खण्ड (च) अनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ।

प्रहरी संगठनको अनुशासन र कार्यप्रणालीलाई सुदृढ बनाउन यस्ता कदम आवश्यक रहेको कार्यालयले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै