Logo

११ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७, अलौँमा निर्माणाधीन द्वारदेवी धर्मशालाको दोस्रो तल्लाको छत ढलान कार्य आजबाट औपचारिक रुपमा सुरु भएको छ।

पूर्व मेयर विजय कुमार सरावगी र वडा नम्बर १७ का अध्यक्ष सञ्जु छतकुलीले संयुक्त रूपमा पुजा गरी उक्त छत ढलानको शुभारम्भ गरेका हुन्। यो धार्मिक संरचना स्थानीय समुदायको आवश्यकताअनुसार धार्मिक तथा सामाजिक कार्यक्रमहरु संचालनका लागि अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

धर्मशालाको निर्माणले वडा नम्बर १७ का नागरिकलाई सुविधा प्रदान गर्ने मात्र नभई धार्मिक तथा सांस्कृतिक एकताको प्रतीकको रूपमा समेत काम गर्ने छ। वर्तमान चरणमा भइरहेको ढलान कार्यले परियोजनाको प्रगति दर्शाएको छ र छिट्टै नै निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै