११ जेठ, काठमाडौं । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १४ सय रुपैंयाले बढेर प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















