Logo

११ जेठ, काठमाडौं । अतिरिक्त समूहमा रहेका २३ उपसचिवलाई जिम्मेवारी प्रदान गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमा अतिरिक्त समूह (जगेडा)मा रहेका २३ उपसचिवलाई जिम्मेवारी दिएको हो । शुक्रबार सचिवस्तरीय निर्णयबाट जगेडामा रहेका २३ उपसचिवलाई जिम्मेवारी दिइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । मन्त्रालयले जिम्मेवारीमा रहेका तीन उपसचिवलाई भने जगेडामा तानेको छ ।

मन्त्रालयले जिल्ला समन्वय समिति झापाका जिल्ला समन्वय अधिकारी अकबर प्रधान, कटारी नगरपालिका, उदयपुरका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला, र जिल्ला समन्वय समिति स्याङ्जाका जिल्ला समन्वय अधिकारी रुकु शर्मा पौडेललाई मन्त्रालयमा तानेर जगेडामा थन्क्याएको छ ।


सम्बन्धित समाचार
भर्खरै