Logo

बृजकिशोर कुशवाहा पक्राउ

११ जेठ,वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न कसूरमा बारा जिल्ला अदालतबाट गरिएको फैसला कार्यान्वयनका लागि वडाध्यक्ष कुशवाहालाई आइतबार नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार, आइतबार वडा समितिको कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेका बेला कुशवाहालाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार, कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ गरी तीनवटा कसूरमा बारा जिल्ला अदालतबाट सजायको फैसला भएको थियो।

पक्राउ गरिएका कुशवाहालाई आइतबार नै बारा जिल्ला अदालतमा पेस गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।


सम्बन्धित समाचार
भर्खरै