Logo

११ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ गते काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताउनुभएको छ ।

आज बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो । उहाँले राजावादीको आन्दोलनलाई लक्षित गर्दै यस्तो निर्देशन दिनुभएको हो ।

राजतन्त्र फर्कने कुनै आधार नभएको दावी गर्दै आउनुभएका प्रधानमन्त्री ओलीले प्रतिगामी तत्वहरू सलबलाउँदा एमालेहरूको मनोबल गिर्न नहुने बताउनुभयो । साथै उहाँले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरूले फैलाउने भ्रम चिर्न पनि आग्रह गर्नुभयो ।


सम्बन्धित समाचार