११ जेठ, काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार ८ दशमलव ५७ अंकले घटेको छ ।
८ दशमलव ५७ अंकको कमीपछि कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक २६७९ अंकमा कायम भएको छ ।
अघिल्लो दिन ९ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६० करोडमा सीमित भयो । ९९ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने एउटाको स्थिर नै रह्यो । माइक्रोफाइनान्स सेक्टरमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । आज सो सेक्टर २.३२ प्रतिशत बढ्यो ।
यस्तै व्यापार समूह ०.१३ प्रतिशत बढ्यो । यी दुईबाहेक सबै सेक्टर घटे । बैंकिङ ०.६६, विकास बैंक १.४६, फाइनान्स ०.९९, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर ०.३६, लगानी १.०३, जीवन बीमा ०.३३, उत्पादन ०.०३, निर्जीवन बीमा ०.१०, अन्य ०.४५ प्रतिशत घटे ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । रिभर फल्स पावरको ७.५६, लक्ष्मी लघुवित्तको ६.२८, उन्नति सहकार्य लघुवित्तको ६.१६, नेरुडे मिर्मिरे लघुवित्तको ५.८५ प्रतिशत मूल्य बढ्यो । सिन्धु विकास बैंकको मूल्य ८.२८ प्रतिशत घट्यो । बाराही हाइड्रोपावरकमो ६.७६ तथा सप्तकोशी विकास बैंकको ५.०७ प्रतिशत मूल्य घट्यो ।















