Logo

काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा ६१ जनाविरुद्ध मुद्धा दर्ता भएको छ ।

गत चैत १५ गते भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका ६१ जनाविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्धा दर्ता भएको हो । राप्रपाका वरिष्ठ उपाधयक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र दुर्गा प्रसाई सहित ५० जनालाई राज्यविरुद्धको कसुरमा समेत प्रतिवादी बनाईएको छ । अन्य ११ जनालाई भने आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्धा दायर गरिएको जिल्ला सरकारी वलिक कार्यालयले जनाएको छ ।

दुर्गा प्रसाई सहित ८ जनालाई भने कर्तव्यज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाईएको छ । प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजाय मागदावी लिइएको सरकारी वलिक कार्यालयले जनाएको छ । मेडिकल व्यवसायी प्रसाईंसहित २० जनाविरुद्ध जन्मकैदको मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको हो । चार जना नाबालकको हकमा भने अनुसन्धान भईरहेकाले बाल अदालतमा छुट्टै अभियोग दर्ता हुने जिल्ला सरकारी वकिल कार्यालय कामाठमाडौँका प्रमुख रामहरी शर्मा पोखरेलले जानकारी दिनुभयो । चैत १५ को राजावादी प्रदर्शनमा प्रसाईलाई जनकमाण्डर तोकिएको थियो । सो प्रदर्शन हिंसात्मक बन्दा पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो भने सार्वजनिक तथा निजि सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । प्रहरीले सो घटनामा संलग्न रहेको भन्दै १०८ जनालाई मुद्धा चलाउन बिहिबार राय सहितको प्रतिवेदन बुझाएकोमा सरकारी वकिल कार्यालयले ६५ जनालाई मात्रै मुद्धा चलाएको हो ।

३४ जनाविरुद्ध मुद्धा नचल्ने

हिंसात्मक प्रदर्शनपछि अनुसन्धानमा रहेका १०८ प्रतिवादीमध्य ३४ जनाविरुद्ध मुद्धा नचल्ने भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिव २ महिना लामो अनुसन्धान गरेर उनीहरुलाई मुद्धा चलाउनुपर्ने अवस्था नदेखिएको भन्दै सरकारी वलिक कार्यालयमा राय पठाएको हो ।

१०८ जनामध्य ९० जना पक्राउ परेका थिए भने १८ जना फरार भएका छन् । उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्धा चलाईएको छ । संलग्नता अनुसार फरक फरक मुद्धा चलाईएको र दुर्गा प्रसाईको हकमा कर्तव्य ज्यान मुद्धा समेत चलाउनुपर्ने राय दिईएको अनुसन्धान अधिकृतहरुले बताएका छन् ।


सम्बन्धित समाचार