११ जेठ, काठमाडौं । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाएकी रोशनी शाही मृत फेला परेकी छन् ।
उनी आज भक्तपुरमा मृत फेला परेकी हुन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्दै आएकी उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिनुभयो । भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको छ ।
घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । उनको शरीरमा बाहिर कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । मृतक शाहीका छोराछोरी विदेशमा छन् । श्रीमान् भने कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले बताएको छ ।

















