Logo

१२ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेका प्रश्न र आगामी दिनमा सदनमा पार्टीले खेल्नुपर्ने भूमिकालगायतका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा आज दिउँसो ४ बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने कार्यवाहक महासचिव मनिष झाले जानकारी दिए।

यसअघि आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले अन्यमाथि नैतिकताको प्रश्न उठेपछि राजीनामा दिनुपर्ने निर्णय गर्दै राजीनामा नदिए संसदमा कठिनाइ उत्पन्न हुने चेतावनी दिएको थियो। संसद्को बैठक भोलि बिहान ११ बजे बस्दैछ, र यस बैठकले रास्वपाको आगामी संसदीय रणनीति तय गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार