१२ जेठ,वीरगञ्ज । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा चार कोठे नयाँ भवन निर्माण कार्य सुरु भएको छ। मधेस प्रदेशका पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सोमबार उक्त भवनको शिलान्यास गरेका हुन्।
विद्यालयका प्रधानाध्यापक नगनारायण साहका अनुसार मधेस प्रदेश सरकारको २५ लाख रुपैयाँको लागतमा यो चार कोठे भवन निर्माण गर्न लागिएको हो।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष भोला गुप्ता, पूर्वउपाध्यक्ष गीता देवी साह, लोसपाका युवा नेता प्रमोद साह, रामजतन सहनी, नवल साह, जय प्रकाश दास, रमेश साह, वीरेन्द्र साह, दिलिप साह, सोनु साह, बृजकिशोर साह लगायतका स्थानीय नेता तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। यस भवन निर्माणले विद्यालयमा शैक्षिक वातावरण सुधार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।















