Logo

१२ जेठ, काठमाडौं — माओवादी आन्दोलनका पुराना पात्रमध्येका एक गंगानारायण श्रेष्ठ पुनः नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन् ।  पार्टीले उनलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ।

बाबुराम भट्टराईसँगै २०७२ सालमा माओवादी पार्टी त्याग गरेका श्रेष्ठ पछिल्लो समय नेपाल समाजवादी पार्टी (नेसपा) का वरिष्ठ नेता थिए।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत नेसपा माओवादी केन्द्रमा औपचारिक रूपमा समाहित भएको घोषणा गरिएको हो। कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाका तर्फबाट श्रेष्ठले ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ भने नेसपाबाट आएका अन्य नेताहरुलाई पनि पार्टीभित्र उपयुक्त भूमिकामा जिम्मेवारी दिने तयारी गरिएको छ।

समायोजनको विचारधारात्मक धरातल
सार्वजनिक सहमतिपत्रमा समायोजित पार्टीको विचारधारात्मक मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र माओवाद हुने उल्लेख छ। यसैलाई संगठनको मेरुदण्डका रूपमा लिइने स्पष्ट गरिएको छ।

राजनीतिक कार्यक्रम र आन्दोलनको स्वरूप
पार्टीले समाजवादी क्रान्तिलाई आफ्नो मूल राजनीतिक कार्यक्रमका रूपमा अघि सारेको छ। विशेषतस् नेपाली समाजको विशेषतालाई सम्बोधन गर्दै सडक, सदन र सरकार तीनै तहमा आन्दोलनलाई अघि बढाइनेछ। तत्कालीन रणनीतिमा भने आपसी छलफल र सहमतिका आधारमा निर्णय गरिने उल्लेख छ।

संगठन सञ्चालन र समायोजन
दलभित्र विचारको स्वतन्त्रता र कार्यान्वयनमा एकरूपता कायम गर्ने जनवादी केन्द्रीयताको सिद्धान्तमा संगठन चलाइने सहमति भएको छ। साथै केही वैचारिक मतभेद वा छलफलका विषयलाई पार्टीको आगामी महाधिवेशनसम्म खुला राखिने व्यवस्था गरिएको छ।

श्रेष्ठसँगै माओवादी केन्द्रमा फर्किएका अन्य नेताहरुको जिम्मेवारी भने पार्टीले क्रमशस् तोक्नेछ। स्रोतका अनुसार समायोजनको प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइने छ।


सम्बन्धित समाचार