१२ जेठ,काठमाडौं । नेकपा एमालेले आउँदो जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने विशाल जनप्रदर्शनलाई सफल बनाउन नेताहरूलाई विभिन्न जिम्मेवारी तोकेको छ। आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न बैठकले कार्य विभाजन गर्दै शक्ति परिचालनको रणनीति बनाएको हो।
पार्टी महासचिव शंकर पोखरेलले जनप्रदर्शन गणतन्त्रको स्मरणीय उत्सवका रूपमा मनाउन र राजावादीहरूले फैलाएको भ्रम चिर्न आयोजना गरिएको जानकारी दिए। उनले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका वडा तहसम्मका जनप्रतिनिधि, जनसंगठनका अध्यक्ष तथा इन्चार्जहरूको भेलामा नेताहरूको जिम्मेवारी सार्वजनिक गरेका हुन्।
जिल्लागत तथा संगठनगत जिम्मेवारी यस्तो छः
काठमाडौं जिल्लाः वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ,जनसंगठन समन्वयः सचिव गोकर्ण विष्ट (सहयोगीः सबै जनसंगठन इन्चार्जहरू)
संपर्क समन्वयः
सुदूरपश्चिम-कर्णालीः सचिव लेखराज भट्ट,बागमती (जिल्लाहरू): उपमहासचिव प्रदीप ज्ञवाली,लुम्बिनी-गण्डकीः सचिव पद्मा अर्याल,कोशी प्रदेशः उपाध्यक्ष रामबहादुर थापा,मधेस प्रदेशः उपाध्यक्ष युवराज ज्ञवाली
उपत्यका समन्वयः
ललितपुरः उपाध्यक्ष अष्टलक्ष्मी शाक्य,भक्तपुरः उपाध्यक्ष गुरु बराल,बागमती (उपत्यका बाहेकका १० जिल्ला): उपाध्यक्ष सुरेन्द्र पाण्डे,स्वयंसेवक परिचालनः उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल,उपत्यका विशेष संयोजनः सचिव योगेश भट्टराई,सबै विभाग समन्वयः सचिव छविलाल विश्वकर्मा,झाँकीसहितको सहभागिता अनिवार्य
बैठकले जेठ १५ गते बिहान ११ बजे भृकुटीमण्डपमा पार्टी, जनसंगठन तथा सम्पर्क मञ्चहरूका नेता–कार्यकर्तालाई झाँकी, जुलुस र आफ्ना पहिचानसहित उपस्थित हुन निर्देशन दिएको छ। एमालेले काठमाडौंसँगै देशभरका सबै पालिकामा गणतन्त्र दिवस भव्य रूपमा मनाउने निर्णय गरिसकेको छ।
महासचिव पोखरेलका अनुसार, “गणतन्त्र जनताको त्याग, बलिदान र संघर्षबाट प्राप्त उपलब्धि हो, यसलाई जनस्तरमै गहिरो रूपमा संस्थागत गर्न यो प्रदर्शन एक सशक्त माध्यम हुनेछ।”
पार्टीले प्रदर्शनलाई ऐतिहासिक बनाउन काठमाडौं उपत्यका लगायत सबै प्रदेश र जिल्लाबाट कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूलाई सहभागी गराउने तयारी गरेको छ।
Circular Ganatantra Diwas Jesth 12 (1)
















