१३ जेठ, वीरगञ्ज । प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । प्रतिपक्षी दलले गृहमन्त्रीको राजिनामा माग गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेल संसद बैठक आधा घण्टाको लागि स्थगित भएको घोषणा गरेका हुन् ।
बिहान ११ बजे शुरु भएको संसद बैठकमा प्रतिपक्षी दलका सांसदहरुले लगातार अवरोध गरेका थिए । संसद बैठकमा सत्तापक्ष दलका सांसद श्याम घिमिरेलाई सभामुखले बोल्न अनुमति दिएपछि प्रतिपक्षी सांसदहरु झन आक्रोशित भएर नाराबाजी गर्न थाले । उनीहरुले सदनमै गृहमन्त्री राजिनामा दे ! गृहमन्त्रीलाई कारवाही गर लगायतका नारा लगाएका थिए ।















