Logo

१३ जेठ,ठोरी । पर्साको ठोरीमा एक बेवारिसे पुरुषको शव फेला परेको छ । ठोरे गापा –१, चौतारा नजिकै मृत अवस्थामा अन्दाजी ४०÷४५ वर्षीय भारतीय नागरिकको शव फेला परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

आज बिहान स्थानीय बासीले चौतारा नजिकैको जङ्गलमा वेबारिसे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शबलाई पोस्टमार्टमका लागि वीरगञ्ज पठाएको छ ।

स्थानीय बासीका अनुसार मृत पुरुष करीब २ महिनादेखि चौतारा नजिकै बस्दै आइरहेका थिए। मृतकको साथमा अर्को एक जना पुरुष पनि बस्ने गरेका र दुबैको मानसिक अवस्था ठिक नभएको स्थानीयबासीले बताएका छन्।


सम्बन्धित समाचार