Logo

१४ जेठ, काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। मंगलवार प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ।

आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्नेछन्।

त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी पारित गर्ने प्रस्ताव पेश गरिनेछ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले समितिको वार्षिक प्रतिवेदन २०८२ पेश गर्नेछन् ।

साथै युवा तथा खेलकुद तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची पनि तय गरिएको संसद सचिवालयले जनाएको छ।

राष्ट्रियसभा बैठक पनि आज

राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे बस्नेछ। त्यस बैठकमा पनि अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूची छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् ।

शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची पनि राष्ट्रियसभामा तय भएको छ ।


सम्बन्धित समाचार
भर्खरै