Logo

१६ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनता गणतन्त्रप्रति नभई वर्तमान सरकारप्रति असन्तुष्ट रहेको बताउनुभएको छ ।

एक टेलिभिजन कार्यक्रममा उहाँले नेपाली जनताले गणतन्त्रबाट नै आम नागरिकको जीवनमा परिवर्तन आओस् भन्ने चाहना राखेको बताउँदै वर्तमान सरकारदेखि असन्तुष्ट रहेको बताउनुभएको हो । अध्यक्ष प्रचण्डले यथार्थतामा गणतन्त्र कमजोर भयो भन्ने भाष्य बिलकुल गलत रहेको दाबी गर्नुभयो । यद्धपी वर्तमान सरकारको गलत काम कारबाहीको कारण जनतामा निराशा बढेको उहाँले स्वीकार गर्नुभयो ।

राजावादीहरूले वर्तमान सरकारको गलत क्रियाकलापबाट फाइदा उठाउँदै जनतामा बढेको असन्तुष्टिलाई क्यास गर्न खोजेको प्रचण्डको आरोप छ ।


सम्बन्धित समाचार