२० जेठ, पर्सागढी (पर्सा) । सशस्त्र प्रहरी र वन गस्ती टोलीले पर्साको पर्सागढी नगरपालिका–२ स्थित बागमारा जंगलबाट अवैध काठसहित चारवटा साइकल बरामद गरेको छ ।
बागेश्वरी शसस्त्र प्रहरी बेस क्याम्पका ईनिस्पेक्टर उकेस बुढाथापाको नेतृत्वमा खटिएको संयुक्त गस्ती टोली र सब डिभिजन बन कार्यालय बडनिहारको टोलीले रातको समयमा तस्करहरूले सालको रुख काटेर साइकलमा बोकेर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । बरामद सामग्रीमा ४ थान कच्चा सालका गोलिया (करीब ३२.५ क्युफिट) र ४ थान साइकल रहेका छन् ।
बरामद काठ र साइकललाई आवश्यक कारबाहीका लागि सब डिभिजन बन कार्यालय बडनिहारमा राखिएको छ । घटनास्थलबाट तस्करहरू भने फरार भएका छन् । उनीहरूको पहिचान गरी खोजी कार्य जारी रहेको जमदार जितबहादुर तमाङले जानकारी दिएका छन् ।















