प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ जेठ,काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी तोलामा ३० रुपैयाँले बढेर दुई हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।मंगलबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।


सम्बन्धित समाचार