२६ जेठ,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ जमुनियास्थित जमुनिया खोलाबाट अवैध रूपमा गिट्टी र बालुवा उत्खनन गरी ल्याउँदै गरेका दुई ट्याक्टरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहान ६ः३० बजे खटिएको प्रहरी गस्ती टोलीले प्रदेश २–०३–००१ त.१५७ नम्बरको महिन्द्रा ट्याक्टरमा गिट्टी लोड गरिएको र प्रदेश २–०३–००१ च –१२९२ नम्बरको सोनालिका ट्याक्टरमा बालुवा लोड गरिएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका दुवै ट्याक्टरलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।















