२९ जेठ काठमाडौँ । अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
कीर्तिपुरस्थित त्रिवि सभाहलमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु भएको हो । अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलबिच प्रतिस्पर्धा हुँदैछ ।
जेठ २५ गतेदेखि सुरु भएको २४ औँ महाधिवेशन हिजो सकिने कार्यक्रम थियो । तर, सहमति नजुटेपछि मतदान गर्नुपर्ने भएपछि मतदान प्रकृया लम्बिएकोले ढिलाइ भएको हो । देशभरबाट आएका १५०० बढी महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन् ।















