Logo

२९ जेठ, काठमाडौं । काठमाडौं उपत्यका सहित देशका २९ जिल्लामा आज बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज राजधानी काठमाडौँसहित देशका २९ जिल्लामा बाढीको जोखिम देखिएको जानकारी गराउँदै सतर्क रहन सुझाव दिएको हो ।

बाढी महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार ललितपुर, काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर, उदयपुर, चितवन, इलाम, मोरङ, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी र आसपासका जिल्ला भई वहने नदी/खोलामा बाढी बढ्ने सम्भावना छ । त्यसैले यी जिल्लाहरुको नदी तटीय क्षेत्रमा सतर्कर्ता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै