२९ जेठ, काठमाडौं । रामेछापमा धारिलो हतियार प्रयोग गरी सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ परेका छन् ।
जिल्लाको रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ बोलङ का २९ वर्षीय लव कुमार थापामगरलाई हत्या गरेको आरोपमा उनका भिनाजु नाता पर्ने ५० वर्षीय बिनोद कुमार यसमाली पक्राउ परेका हुन् । यही जेठ २७ गते लव कुमार थापामगरको घरकै विभत्स हत्या भएको थियो । घटनापछि सोही दिन राती विनोदकुमार पक्राउ परेका थिए । लव कुमार र बिनोद नाताले सालो भिनाजु हुन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानका अनुसार हत्या अरोपमा पक्राउ परेका उनलाई रामेछाप जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अुनसन्धान भैरहेको छ ।















