२९ जेठ, काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहिन सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आव्ह्वान गरेको छ ।
भूमि समस्या समाधान आयोगले आज सूचना जारी गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको हो । आयोगले आजदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहबाट वडाका तोकिएका स्थानमा निवेदन दिन आह्वान गरेको छ ।
आयोगले देशभरका ५३ जिल्ला र स्थानीय तहहरु तोकेरै भूमिहिन सुकुम्बासीसँग निवेदन माग गरेको हो ।


















