Logo

२९ जेठ,अहमदाबाद । भारतको गुजरातस्थित अहमदाबादमा बिहीबार दिउँसो एयर इन्डियाको एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। अहमदाबादको मेघानीनगरस्थित आइजी परिसरमा यो दुर्घटना भएको हो।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार अहमदाबादबाट लन्डनतर्फ उड्न लागेको उक्त विमान उडान भरेको केही समयमै दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारीअनुसार विमान टेकअफका क्रममा विमानस्थलको गेटमा ठोक्किएको आशंका गरिएको छ।

दैनिका भास्करले जनाएअनुसार दुर्घटनाग्रस्त विमानमा करिब २ सय ४२ यात्रु सवार थिए। दुर्घटनास्थलबाट बाक्लो कालो धुवाँको मुस्लो देखिएको थियो।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। हालसम्म मानवीय क्षतिको बारेमा कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। उद्धार कार्य जारी रहेको बताइएको छ।


सम्बन्धित समाचार