Logo

२९ जेठ,वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका वडा नं. ६ स्थित श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, बेलहियामा आज कक्षा १ देखि ५ सम्मका छात्रा तथा दलित छात्र–छात्राहरूलाई छात्रवृत्ति वितरण गरिएको छ ।

विद्यालय परिसरमा बिहीबार आयोजित एक कार्यक्रमका बीच कूल ६७ जना विद्यार्थीलाई जनही चार सय रुपैयाँको दरले छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

छात्रवृत्ति वितरण कार्यक्रम वडा नं. ६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहाको प्रमुख आतिथ्य तथा अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्राध्यापक रबिन्द्र कुमार गिरी र अभिभावक प्रतिनिधिको रूपमा प्रेमचन्द्र प्रसाद कुशवाहाको विशेष सहभागिता रहेको थियो ।

छात्रवृत्तिको मुख्य उद्देश्य विद्यालयमा अध्ययनरत पिछडिएको वर्गका बालबालिकाहरूलाई शैक्षिक प्रेरणा दिनु रहेको बताइएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष कुशवाहाले विद्यार्थीहरूलाई अध्ययनमा निरन्तर लाग्न आग्रह गर्दै आगामी दिनहरूमा पनि यस किसिमका सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे । यस छात्रवृत्तिले विद्यार्थीहरूलाई पढाइमा थप उत्साह जगाउने अपेक्षा गरिएको छ ।

 


सम्बन्धित समाचार