Logo

२९ जेठ, काठमाडौं ।  भारतको अहमदाबादमा दुर्घटना भएको विमानमा ५२ बेलायती नागरिक रहेको खुलासा भएको छ ।

भारतको अहमदाबादमा दुर्घटना भएको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री सहित ५२ बेलायती नागरिक रहेको पुष्टि भएको हो । एक जना क्यानडेली नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पोर्चुगलका ६ जना नागरिक रहेको समेत पुष्टि भारतीय सञ्चारमाध्यमले गरेका छन् । भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो । जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए ।


सम्बन्धित समाचार