२९ जेठ,काठमाडौं ।गुजरातको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको एआई १७१ नम्बरको विमान उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको छ। बिहान करिब १:४० बजे अहमदाबादको सरदार पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान विमानस्थलको सीमा पार गर्न नपाउँदै दुर्घटनामा परेको हो। दुर्घटनालगत्तै अहमदाबादको आकाश बाक्लो धुवाँले ढाकिएको थियो।
दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित कुल २४२ जना सवार थिए, जसमा २३० यात्रु रहेका थिए। यस दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको पुष्टि भएको छ। यात्रु सूचीमा १२औँ नम्बरमा रहेका रुपाणीको सिट नम्बर २डी रहेको जनाइएको छ। उनी लन्डनतर्फ जाँदै थिए।
दुर्घटनाको खबर पाउनासाथ घटनास्थलमा तत्कालै राहत तथा उद्धार टोली परिचालन गरिएको थियो। राष्ट्रिय आपदा उद्धार बल (एनडीआरएफ) का टोलीहरू, सातदेखि आठ दमकलका गाडीहरू घटनास्थलमा पुगेर युद्धस्तरमा उद्धार कार्य सुरु गरेका छन्।
घटनाबारे गृहमन्त्री अमित शाहले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसँग टेलिफोनमा कुरा गरी अवस्थाबारे जानकारी लिएका छन्। सम्भावित आकस्मिकताका लागि अहमदाबादका सबै अस्पतालहरूलाई उच्च सतर्कतामा राखिएको छ।
विमान बिहान १ बजेर ३८ मिनेटमा उडेको र १ बजेर ४० मिनेटमै दुर्घटनामा परेको थियो। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको अधिकारीहरूले जनाएका छन्।
विमानमा सवार यात्रुको सूची हेर्नुहोस् –















